१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


इलाममा सालकको खपटासहित दुईजना पक्राउ


0
Shares

पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नम्बर–४ बस्ने २८ वर्षीय सन्तोष मगर र संखुवासभा, चेपुवा स्थायी घर भइ हाल धरान–१५, तुलसीपथमा डेरा गरी बस्ने ५० वर्षीय फुर्वु भोटे रहेका छन् ।

आइतबार पक्राउ परेका उनीहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

इलामको मंगलबारे बजारबाट इलाम सदरमुकामतर्फ आइरहेको मे९प २९०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्नेक्रममा उनीहरुको साथमा रहेको झोलाबाट दुर्लभ सालकको खपटा बरामद गरिएको हो ।

बरामद गरिएको सालकको खपेटा ४ किलो २०० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय इलाममा बुझाइएको छ ।