
डडेल्धुरा, जेठ १५ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. ३ गजरौलामा आज विहान जिप दुर्घटना हँुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
डोटीको दिपायलबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ ।
घाइतेमध्ये २ जनालाई डोटी र ६ जनालाई डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । जिप सडकबाट २ सय मिटर तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस्