१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कपिलवस्तुमा भारतीय जिप दुर्घटना, एकजनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा कृष्णनगर–६, पटनागाउँका ५० वर्षीय जहीरुल्ला हसन मुसलमान छन् ।

सदरमुकाम तौलिहवाबाट बहादुरगन्जतर्फ जाँदै गरेको सो जिप अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।

जिपमा सातजना सवार रहेपनि अरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।