Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ


0
Shares

परिसरअन्तर्गत् महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुन ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई बिहीबार कामनपा–९, सिनामंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीले यादवबाट झन्डै रु पाँच लाख दुईओटा सुनका चुरा र नगद रु ३२ हजार ५०० बरामद गरेको छ ।

पक्राउ परेका यादवलाई शुक्रबार आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरन पठाएको प्रहरीले जनाएको छ । रासस