
दाङ, जेठ २२ । साढे ५ किलो लागूऔषध अफिम सहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको प्रदेश ५ अनुसन्धान टोली र जिल्ला प्रहरी दाङको संयुक्त टोलीले घोराहीस्थित एकान्त होटल नजिकबाट अफिमसहित शक्तिराम वली, एलनकुमार रोकामगर र देवबहादुर वलीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई अफिम बिक्री गर्न झोलामा बोकेर हिँडिरहेको अवस्थामा विशेष सुराकीका आधारमा पक्राउ गरिएको दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी दाङ प्रहरीले चालू आर्थिक वर्ष २०७४/७५ मा पक्राउ परेका र बरामद भएको लागूऔषधको तथ्यांकसमेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्