Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


भक्तपुरमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या


0
Shares

भक्तपुर, जेठ २५ । भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्ने माझीले गएराति सुतिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बन्चरो प्रहारबाट सख्त घाइते सलेनाको उपचारका क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको बताए।

श्रीमतीलाई बन्चरो प्रहार गरी फरार रहेका उमेश माझीको खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान शुरु गरेको उनले जानकारी दिए । माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् । (रासस)