२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दुर्गा तिवारी र ‘वलु’ हत्या प्रकरणका पक्राउ परेकाहरु जेल चलान


0
Shares

भैरहवा, जेठ २६ । तत्कालिन नेकपा एमाले निकट युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र तत्कालीन नेकपा एमालेका सदस्य बसन्त पौडेल (बलु) को हत्या र नारायण बस्नेतलाई गोली प्रहार गरेको आरोप पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षाका लागि थुनामा राख्न आदेश दिएको छ ।

दुई दिन चलेको थुनछेक बहसपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश भोलानाथ ढकालको इजलासले अरोपित आठै जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार सञ्जिव पोखरेलले जानकारी दिए ।

तिवारी र पौडेलेको हत्या तथा बस्नेतको हत्या गर्ने उद्देश्यसहित गोली प्रहारको आरोपमा रुपन्देही प्रहरीले तत्कालिन नेकपा एमालेको युवा संघ रुपन्देहीको जिल्ला अध्यक्ष सुजु मल्ल, तत्कालिन माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, उत्तम आचार्य, विवेक गुरुङ, राम गुरुङ, तुल्सीराम न्यौपाने, रोशन खड्का र हरीप्रसाद श्रेष्ठ गरी ८ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा गरिएको थियो ।