८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


राष्ट्रपति भण्डारी उपराष्ट्रपति पुनको चियापानमा सहभागी


0
Shares

काठमाडौं, कात्तिक १९ । उपराष्ट्रपति नन्दबहादुर पुनले दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सोमबार चियापान कार्यक्रमको आयोजना गरे ।

उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आयोजना गरिएको चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी सहभागी भएका थिए ।

यस्तै, चियापानमा सांसदहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

चियापानका लागि उपराष्ट्रपति कार्यालयले दुई हजारभन्दा बढीलाई निमन्त्रणा गरेको थियो ।