८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


निमित्त प्रमुख न्यौपाने मृत अवस्थामा फेला


0
Shares

धनकुटा, कात्तिक १९ । धनकुटाको खानेपानी सरसफाइ क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका निमित्त प्रमुख अर्जुनप्रसाद न्यौपाने मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको पालुङ्गटार नगरपालिका–४ घर भइ धनकुटामा कार्यरत ५३ वर्षीय न्यौपाने सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् । बेलुका खाना खाएर कार्यालयको क्वाटरमा सुत्न गएका उनी आज बिहान मृत फेला परेका थिए ।

कार्यालयका कर्मचारीले बिहान करिब ८ बजेतिर न्यौपानेलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।