८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

विराटनगर, कात्तिक १९ । मोरङको विराटनगर महानगरपालिका–३ मा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ३८ वर्षीय मनोज कुमार मोदी छन् ।

प्रहरीका अनुसार बिहान १० बजे ना५ख ४५१३ नम्बरको बसले को१०प ६२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका मोदीको उपचारको क्रममा विराट अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।