८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


देशभर विभिन्न कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदै


0
Shares

                                      तस्वीर : रासस

काठमाडौं, कात्तिक १९ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ ।

देव र असुर मिली समुन्द्र मन्थन गर्दा विभिन्न रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत कलश लिएर धन्वन्तरीको उत्पत्ति भएको वैदिक हिन्दू शास्त्रमा उल्लेख छ ।

१९७४ सालमा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् रुपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ ।