२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यमपञ्चक अर्थात् तिहारका पाँच दिनको यस्ता छन् महत्व (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक १९ । आजदेखि सुरु भएको यमपञ्चकको निकै ठूलो धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिनले आ–आफ्नै विशेषता बोकेका छन् ।

पाँच दिनसम्म मनाइने तिहारले मानव सभ्यता र संस्कृतिको विकासक्रमलाई बुझाउँछ । काग तिहारबाट सुरु हुने तिहार भाइटीका गरेर समापन गरिन्छ ।

कागले मानिसको घुमन्ते जीवनलाई बुझाउँछ भने कुकुर तिहारले शिकारी जीवन । गाईतिहारले पशुपालन, गोरु तिहारले कृषि कर्म र तिहारको अन्तिम दिन मनाईने भाइटीकाले सुसभ्य र सु–संस्कृत नैतिकवान मानव जीवन दर्शाउँछ । शास्त्रीय भाषामा भने यसलाई यमपञ्चक पनि भनिन्छ ।

यमपञ्चकको महत्व कस्तो छ ? विस्तृत रिपोर्टका लागि 

भिडियो हेर्नुहोस्