
कावासोती, कात्तिक १९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।
बिहान ५ बजेको समयमा सडक छेउ रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
लु२ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु१ख ८११३ नम्बरको बस ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका हुन् ।
दुर्घटनालगत्तै बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुर र एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्