
काठमाडौं, कात्तिक १८ । वायुमन्डलको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
काठमाडौंको आइतबारको न्यूनतम् तापक्रम ८.६ डिग्रीमा झरेको छ ।
तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनकाअनुसार चिसो क्रमिकरुपमा बढ्नेक्रममा रहेको छ ।
तापक्रम घटेपछि उपत्यकामा बिहान र बेलुकी बढी चिसोको महसुस गरिएको छ ।
दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको उनले बताए ।
लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमन्डल प्रदूषित भएको मौसमविद् अर्यालले बताए । अझै केही दिन पानी नपर्ने बताइएको छ ।
उपत्यकाको अझै तापक्रम घटेर शून्य डिग्रीमा पुग्ने अनुमान गरिएको छ ।
खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिकलाई सजग गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्