
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, कात्तिक १८ । कन्चनपुरको बेदकोट नगरपालिका–८, काङ्ला पुलनजिकै एक ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बेदकोट नगरपालिका–४ का ३५ वर्षीय राजेन्द्र नागरी र सोही ठाउँका ३२ वर्षीय प्रेमसिंह धामी छन् ।
आइतबार मलामी गएर महाकाली नदीबाट फर्कंदै गरेको से१त ५४२२ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आएको म१च ३११ नम्बरको गाडीले ‘ओभरटेक’ गर्नेक्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको कन्चनपुर र धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
ट्याक्टरलाई ठक्कर दिने गाडीका चालक प्रेमसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्याक्टरमा १५ जना सवार रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्