झापा । झापाको बिर्तामोडबाट लागूऔषध खैरो हेरोइन र ठूलो रकम नगदसहित एक महिला पक्राउ परेकी छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट ३६ वर्षीया पार्वती राजवंशीलाई पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–१५ घर भएकी राजवंशीलाई मंसिर १२ गते पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
प्रहरीले उनको साथबाट १८.४८० ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्ने तराजु एक थान र १३ लाख ३९ हजार रुपैयाँ नगद बरामद गरेको छ । त्यस्तै, एक थान मोबाइल फोनसमेत फेला परेको छ ।
पक्राउ परेकी राजवंशीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी, झापामा बुझाइएको ब्यूरोले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्