Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


एनपीएलको चौथो संस्करण चितवनमा आयोजना गर्न सकिने सम्भावना छ: मन्त्री लम्साल


0
Shares

समीर चापागाईं, चितवन । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत निरीक्षण गर्नुभएको छ । शनिबार चितवन पुग्नुभएका उहाँले रंगशालासँगै भरतपुर सिटी हलको पनि निरीक्षण गर्नुभएको हो ।

रंगशालाको निरीक्षणपछि मन्त्री लम्सालले नेपाल प्रिमियर लिग ९एनपीएल० को चौथो संस्करण नै चितवनमा आयोजना गर्न सकिने सम्भावना रहेको बताउनुभयो । चौथो संस्करणका लागि आवश्यक तयारी पूरा हुन नसके पाँचौँ संस्करण यहीँ सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।

रंगशालामा फ्लडलाइट जडान गर्ने तयारी रहेको उल्लेख गर्दै उहाँले पाँचौँ संस्करणका खेल यही मैदानमा आयोजना गर्न सकिने बताउनुभयो ।

मन्त्री लम्सालले भरतपुरमा निर्माणाधीन अन्य आयोजनाको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । म्याद थप गरेर निर्माण भइरहेको भरतपुर सिटी हलको निरीक्षणका क्रममा उहाँले चैतसम्म काम सम्पन्न नभए ठेक्का सम्झौता तोड्न निर्देशन दिनुभएको छ ।

चितवन भ्रमणका क्रममा मन्त्री लम्सालले जिल्लामा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको समेत निरीक्षण गर्नुभएको छ ।