Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


बालेनको भारत भ्रमणसँगै विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको औपचारिक भ्रमणमा निस्किएसँगै ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रिपरिषद्को वरियतामा त्यसपछिका मन्त्री श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारत प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह भोलि साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ । उनको अनुपस्थितिमा श्रेष्ठले प्रधानमन्त्रीको दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्नेछन् ।