काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि भइरहेको प्रतिस्पर्धामा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोडेको हो ।
लुम्बिनीको इनिङ्समा दिलीप नाथले सर्वाधिक योगदान दिए । उनले ३१ बल सामना गर्दै तीन छक्काको मद्दतमा ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० रन जोड्ने क्रममा ३१ बल खेले ।
त्यस्तै, निरोशन डिक्वेलाले १७ बलमा २८ रन बनाए भने डार्सी शर्टले १८ बलमा २१ रनको योगदान गरे । अली शेखले आक्रामक ब्याटिङ गर्दै १२ बलमै २४ रन जोडे ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले दुई विकेट लिए । हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे ।






प्रतिक्रिया दिनुहोस्