Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


काठमाण्डूमाथि चितवनको जित, फाइनल यात्राका लागि सुदूरपश्चिमसँग भिड्ने


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले उत्कृष्ट प्रदर्शन गर्दै क्वालिफायर्स–२ सम्मको यात्रा तय गरेको छ । बुधबार भएको प्रतिस्पर्धामा काठमाण्डू गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवनले प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डूको ब्याटिङ लाइनअप सम्हालिन सकेन । निर्धारित २० ओभरमा नौ विकेट गुमाएको काठमाण्डूले १४३ रनमै आफ्नो इनिङ्स समाप्त गर्‍यो । यससँगै चितवनले सहज जित निकाल्न सफल भयो ।

यो नतिजाले चितवनलाई प्रतियोगिताको अर्को महत्वपूर्ण चरणमा पुर्‍याएको छ । अब टोलीले क्वालिफायर्स–२ मा स्थान बनाउन सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

एनपीएलमा चितवनको यो अहिलेसम्मकै उत्कृष्ट उपलब्धि हो । यसअघि पहिलो संस्करणमा इलिमिनेटरसम्म पुगेको चितवन दोस्रो संस्करणमा भने लिग चरणबाटै बाहिरिएको थियो । यसपटक टोलीले ती प्रदर्शनलाई पछाडि पार्दै पहिलोपटक क्वालिफायर्स–२ मा पुग्न सफलता हात पारेको हो ।

Skip This