काठमाडौं । कमिल मिसराको शतकीय पारीको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको इलिमिनेटरमा काठमाण्डू गोर्खाजसामु २०५ रनको लक्ष्य राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०४ रन जोडेको हो ।
चितवनका ओपनर कमिल मिसराले शतक प्रहार गर्दै टोलीलाई बलियो स्कोरसम्म पुर्याएका हुन् ।
यस सिजनमा कुनै टोलीले बनाएको यो तेस्रो ठूलो योगफल हो । अब फाइनल प्रवेशको सम्भावना कायम राख्न काठमाण्डूले २०५ रन बनाउनुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्