Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


पूर्वाधार मन्त्रालयबाट सात इन्जिनियर पदमुक्त


0
Shares

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित उपस्थित नभएको र स्वीकृतिबिना बिदामा बसेको भन्दै सात जना इन्जिनियरलाई सेवाबाट हटाएको छ।

मन्त्रालयले उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको जनाएको छ।

सेवाबाट हटाइनेमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।

उनीहरू नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत सिभिल इन्जिनियरिङ समूहको बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहमा राजपत्रांकित तृतीय श्रेणीमा कार्यरत थिए।

कार्यालयमा अनुपस्थित रहने र स्वीकृति नलिई बिदामा बस्ने गरेको पाइएपछि मन्त्रालयले उनीहरूलाई सेवाबाट हटाएको हो।

Skip This