बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। घरायसी विवादका क्रममा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा ४० वर्षीया सानुकुमारी कार्कीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार राति करिब १ बजे ४१ वर्षीय मनोज कार्कीले आफ्नै घरको सुत्ने कोठामा श्रीमतीको टाउकोमा लोहोरो प्रहार गरेका थिए। गम्भीर चोट लागेपछि सानुकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले मनोजलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल पुर्याइएको छ।









प्रतिक्रिया दिनुहोस्