Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


म्याक्स टाइगरको ‘दशैं धमाका २०२६’ अभियानमा नुवाकोटका प्रदीप लामाले जिते प्रोटोन कार


0
Shares

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् ।

एउटा क्यान खरिदबाटै यति ठूलो पुरस्कार जित्ने अवसर पाउँदा आफू निकै खुसी भएको लामाले बताएका छन् । सुरुमा कार जितेको खबर पत्याउनै गाह्रो भएको उल्लेख गर्दै उनले यो जित आफ्नो परिवारका लागि समेत खुसीको क्षण बनेको बताए । उनले म्याक्स टाइगरलाई धन्यवादसमेत दिएका छन् ।

कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् । तीमध्ये १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरेका छन् ।

मोटरसाइकल जित्ने भाग्यशाली उपभोक्तामा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा, लहानका रुपेश महतो, बुटवलका धिरम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी रहेका छन् ।

त्यस्तै धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।

यसैगरी स्कुटर जित्नेमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोवर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिश मिजार, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर रहेका छन् ।

नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका जयकुमार गुप्ता, हेटौंडाकी सुनीता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन् ।

कम्पनीले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार बम्पर पुरस्कारका रूपमा राखेको थियो । हालसम्म २८ जनाले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् भने अझै आठ जना उपभोक्ताले पुरस्कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।

म्याक्स टाइगरले अभियानमार्फत उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको जनाएको छ ।

Skip This