Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


तीन देशका राजदुतले लिए राष्ट्रपतिसमक्ष शपथ


0
Shares

काठमाडौं । तीन देशका लागि नवनियुक्त राजदुतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदुतहरूले शपथ लिनुभएको हो । भारतका लागि राजदुत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदुत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदुत सुरेश कर्णले शपथ लिनुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उहाँहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उहाँहरुलाई राजदुत पदमा नियुक्त गर्नुभएको थियो । मन्त्रीपरिषद्ले १३ जना राजदुतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाई समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो ।

संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरुमा राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । अग्रिमो आएका ३ जना राजदुतहरूले मात्रै सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

Skip This