बिबेक भण्डारी, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्।
कावासोती नगरपालिका–११ स्थित लोकाहामा बिहान करिब ६ः४० बजे दुर्घटना भएको हो। धनगढीबाट काठमाडौंका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सडकमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याइएको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको बताइएको छ।
दुर्घटनामा परेको बस घटनास्थलमै रहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घाइते यात्रुहरूको विस्तृत परिचय तथा अवस्थाबारे थप विवरण आउन बाँकी छ।









प्रतिक्रिया दिनुहोस्