काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा लुम्बिनी लायन्सले आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै लिग चरणको शीर्ष स्थान सुरक्षित गरेको छ। शनिबार विराटनगर किंग्सलाई चार विकेटले हराएपछि लुम्बिनीले प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको प्रतिस्पर्धामा विराटनगरले दिएको १६७ रनको चुनौती लुम्बिनीले खेल सकिन एक बल बाँकी छँदा ६ विकेटको क्षतिमा पार गर्यो।
यस जितसँगै लुम्बिनीको अंकसंख्या ११ पुगेको छ। सात खेल खेलेको टोलीले पाँच खेलमा सफलता हात पार्दा एक खेलमा पराजय बेहोरेको थियो। वर्षाका कारण एक खेलको नतिजा भने आउन सकेन। लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी अब शीर्ष टोलीका रूपमा प्लेअफमा प्रवेश गरेको छ।









प्रतिक्रिया दिनुहोस्