काठमाडौं । छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे पनि राहदानी विभागले आफ्नो सेवा नियमित राख्ने भएको छ । सेवाग्राहीलाई बिदाका कारण राहदानीसम्बन्धी काममा समस्या नपरोस् भन्ने उद्देश्यले विभागले सोमबार (कात्तिक ३० गते) कार्यालय सञ्चालन गर्ने भएको हो ।
राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माका अनुसार सोमबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा उपलब्ध गराइनेछ ।
पर्वका कारण सरकारी कार्यालय बन्द हुँदा सेवाग्राहीले सेवा लिनबाट वञ्चित हुनुपर्ने अवस्था नआओस् भनेर सार्वजनिक बिदाकै दिन कार्यालय खोल्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
तर छठ पर्व मनाउने कर्मचारीलाई भने विभागले बिदा दिने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्