सप्तरी । सप्तरीको बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइराखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ ।
बलान बिहुल गाउँपालिका–४ मा पर्ने सिरहा र सप्तरीको सीमा क्षेत्रस्थित खोलाको बीच भागमा लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा फेला परेको हो ।
प्रहरीका अनुसार राति करिब १ बजे उक्त स्थानमा गाँजा लुकाएर राखिएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोलीले खोजतलास गरेको थियो । सोही क्रममा खाल्डोभित्र लुकाइएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको हो ।
बरामद गरिएको गाँजा राख्ने व्यक्ति भने घटनास्थलमा फेला परेका छैनन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्