Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


चितवनलाई १० रनले हराउँदै काठमाण्डू गोर्खाज शीर्ष स्थानमा


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै चितवन राइनोजलाई १० रनले पराजित गरेको छ। यससँगै टोली अंकतालिकाको पहिलो स्थानमा पुगेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो।

यस जितसँगै काठमाण्डूले पाँच खेलबाट आठ अंक पुर्‍याएको छ। प्रतियोगितामा चार खेल जितेको टोलीले एक खेलमा भने हार बेहोरेको छ।

अंकतालिकाको शीर्ष स्थानमा पुगेको काठमाण्डूको प्लेअफ यात्रा पनि थप सहज बनेको छ।

Skip This