काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले काठमाडौं जिल्ला कार्यसमितिको १५औँ अधिवेशन सुरु गरेको छ ।
शनिबार राष्ट्रिय सभागृहमा आयोजित अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्वसभापति देउवासहित पार्टीका नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत सहभागी भएका छन् ।
अधिवेशनमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति रहेको छ ।









प्रतिक्रिया दिनुहोस्