काठमाडौं । कर्णाली याक्सका बलर नन्दन यावदले सुदूरपश्चिम रोयल्ससँग खराब बलिङ गरेका कारण हार व्यहोरेको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो सिजनमा शुक्रवार सुदूरपश्चिमसँग हारपछि नन्दनले ब्याटिङभन्दा पनि बलिङ राम्रो गर्न नसकेको बताएका हुन् । उक्त खेलमा कर्णालीका डेविड मिलरबाहेक कुनैपनि ब्याटरले राम्रो इनिङ खेल्न सकेका थिएनन् ।
उनले आजको खेलमा ब्याटिङ गर्न गाह्रो रहेको उल्लेख गरे । तर बलिङ राम्रो गर्न नसक्दा चुनौतीपूर्ण लक्ष्य सामना गर्नुपरेको उनको भनाइ छ । नन्दनले उक्त पिचमा १४० रनसम्मको लक्ष्य भेट्टाउने खालको रहेको उल्लेख गरे । तर बलिङमा राम्रो गर्न नसक्दा ठूलो लक्ष्य सामाना गर्नुपरेको उनको भनाइ छ । ब्याटिङ गर्दा आवश्यक रनरेट धेरै हुँदा ब्याटरले आक्रामक खेल्न खोजेको उनी बताउँछन् । तर पिचमा खेल्न सहज नहुँदा जित सम्भव नभएको नन्दनले उल्लेख गरे ।
उनले तीन विकेट पतनपछि साझेदारी गर्न खोजे पनि सफल नभएको बताए । सुदूरपश्चिमले राम्रो बलिङ गर्दा जित निकाल्न सफल भएको उनी बताउँछन् । अहिलेसम्म आफ्नो टोलीले धेरै गुमाइ नसकेको र आगामी खेलमा जित निकाल्दै प्लेअफ पुग्ने नन्दनको विश्वास छ ।
डेविड मिलरले कसरी ब्याटिङ गर्न सकिन्छ भन्ने सिकाएको उनी बताउँछन् । मिलेरसँग वर्षौदेखि सँगै खेलेको जस्तो अनुभव गराएको भन्दै उनले खुशी व्यक्त गरे । मिलेरले आफूहरूलाई जहिल्यै ढोका खुला रहेको भन्ने गरेको नन्दनको भनाइ छ । इनिङको अन्तिम बलमा इशान पाण्डेसँगको रमाइलो क्षण सम्झदै उनले डेथ ओभर बलिङ गर्न गाह्रो हुने कुरा गरेको नन्दनले बताए ।










प्रतिक्रिया दिनुहोस्