Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


एनपीएलमा सुदूरपश्चिमको जित, कर्णाली ३९ रनले पराजित


130
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि डेभिड मिलरले ५५ बलमा ५ चौका र ७ छक्कासहित सर्वाधिक ९४ रन बनाए । तर, उनको उत्कृष्ट प्रदर्शनले पनि टोलीलाई जित दिलाउन सकेन ।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको कर्णालीले ब्याटिङको निम्तो पाएपछि सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

सुदूरपश्चिमका ओपनर शैफ जेभले सर्वाधिक ३५ रन जोडे । विनोद भण्डारीले २२ बलमा २७ रन बनाउँदा ब्रान्डन म्याकमलेनले २४ र इशान पाण्डेले २३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए ।

त्यस्तै थरिन्दु रत्नायकेले अविजित २२ तथा स्कट कुगेलेनले अविजित १३ रनको योगदान दिए ।

बलिङतर्फ कर्णालीका मार्क वाटले दुई विकेट लिए भने नन्दन यादव, सुहेन तलात र सूर्य तामाङले एक–एक विकेट हात पारे ।

Skip This