Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


मेचीनगरको चिया बगानमा लुकाइएको ५५७ किलो गाँजा बरामद


65
Shares

सुरेन्द्र भण्डारी, झापा ।

झापाको मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा ५५७ किलो गाँजा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र अस्थायी प्रहरी पोस्ट इँटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चिया बगानमा खानतलासी गर्दा १३ वटा पोकामा राखिएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार प्लास्टिकसहित बरामद गाँजाको कुल तौल ५६२ किलो ८०० ग्राम रहेको छ । प्लास्टिक हटाएपछि गाँजाको वास्तविक तौल ५५७ किलो कायम भएको हो ।

उक्त गाँजा कसले र कुन उद्देश्यले चिया बगानमा लुकाएर राखेको थियो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

Skip This