Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


सार्वजनिक बसमा माथि दुर्व्यवहार गर्ने तीनजना


403
Shares

काठमाडौं । सार्वजनिक यातायातमा महिला यात्रुमाथि हातपात र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनाका २१ वर्षीय समीर बिष्ट, २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका–३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार (कात्तिक १७ गते) काठमाडौं बाट महेन्द्रनगरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १५६३ नम्बरको रात्रिबसमा उनीहरू सवार थिए । सोही बसमा यात्रा गरिरहेकी एक महिलामाथि उनीहरूले हातपात गर्नुका साथै अभद्र व्यवहार गरेको आरोप छ ।

घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरूको व्यवहारको व्यापक आलोचना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार तीनैजनालाई बिहीबार (कात्तिक १९ गते) पक्राउ गरिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This