काठमाडाैं ।
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथि आज (शुक्रबार) छलफल हुने भएको छ।
कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। उक्त निवेदन अध्ययनकै क्रममा रहेकाले दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा आज छलफल हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। सरकारको उक्त निर्णय गैरकानुनी भएको जिकिर गर्दै कार्कीले त्यसविरुद्ध सर्वोच्च अदालतको पुगेका हुन् ।









प्रतिक्रिया दिनुहोस्