Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


प्रधानमन्त्री शाहको अभिव्यक्ति : देश र पार्टी जोगाउने विषय फरक


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको बताउनुभएको छ ।

गएराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो अभिव्यक्ति दिनुभएको हो । उहाँले देश जोगाउने र पार्टी जोगाउने विषयबीच फरक रहेको पनि उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक हटाउने सरकारको निर्णयको औचित्यमाथि प्रश्न उठाएपछि प्रधानमन्त्रीको यो अभिव्यक्ति आएको हो । लामिछानेले सरकारको निर्णयको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभएको थियो ।

रास्वपाका अन्य नेताहरूले पनि पार्टीसँग छलफल नगरी निर्णय गरिएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा रवि लामिछाने लक्षित टिप्पणीका रूपमा हेरिएको छ ।

Skip This