Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


क्रिश्चियानो रोनाल्डले लिए सन्यास


0
Shares

काठमाडौं ।
विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल एक्स मार्फत भिडियो जारी गर्दै रोनाल्डोले सन्यास लिएको बताएका हुन् । ४१ वर्षीय पोर्चुगिज फरवार्ड रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन् । यी दुवै विश्व रेकर्ड हुन ।

सन् २००३ मा पोर्चुगलका लागि डेब्यु गरेका उनले राष्ट्रिय टोलीको क्याम्पमा खटपट भएपछि गत महिना क्याम्प छाडेर हिँडेका थिए । २३ वर्षसम्म ७ नम्बरको जर्सी लगाउन पाउनु आफ्नो सौभाग्य हो भन्दै रोनाल्डोले अब यो भविष्यका लागि हस्तान्तरण गर्ने दिन आएको बताएका छन् ।

Skip This