शुभकला राई, ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले नगद र ताससहित ७ जना पक्राउ गरेको छ ।
जिल्ला सदरमुकाम ओखलढुंगा बजारको जिविसचोकबाट तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार स्थानीय सुमन किराना पसल एण्ड होटलबाट घरबेटी एक महिलासहित अन्य ६ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ४२ हजार २० रुपैयाँ नगद र तास समेत प्रहरीले बरामद गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्