Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


एकैदिन १३ हजारभन्दा बढीले बढ्यो सुन, तोलाको मूल्य २ लाख ८८ हजार ९००


0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा बिहीबार उल्लेख्य वृद्धि भएको छ । एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले भाउ बढेसँगै सुनको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको मूल्यसँग तुलना गर्दा सुनको भाउमा ठूलो उछाल आएको हो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको छ ।

सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ । बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

Skip This