Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था माग गर्दै सर्वोच्चमा रिट


364
Shares

काठमाडौं । उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन पाउने व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा ग्यासको कृत्रिम अभाव, कालोबजारी तथा सिलिन्डर साट्दा उपभोक्ताले भोग्नुपरेको झन्झट अन्त्य गर्न यस्तो व्यवस्था लागू गर्न माग गरिएको छ ।

रिट निवेदनमा उद्योगी र ग्यास डिलरहरूको मिलेमतोमा बजारमा अभाव सिर्जना गरी उपभोक्तालाई महँगो मूल्यमा नयाँ सिलिन्डर किन्न बाध्य पारिएको दाबी गरिएको छ । यसबाट उपभोक्ताको मौलिक तथा कानुनी अधिकारसमेत हनन भएको निवेदकको जिकिर छ ।

ग्यासको कालोबजारी र सिन्डिकेट नियन्त्रणका लागि जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन पाउने व्यवस्था तत्काल लागू गर्न अन्तरिम आदेश जारी गर्न पनि रिटमा माग गरिएको छ ।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि सर्वोच्च अदालतले भोलिका लागि पेसी तोकेको छ ।

Skip This