Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो, चाँदी ४५ रुपैयाँले घट्यो


0
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ । सोमबार ३ हजार ७२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Skip This