काठमाडौं । हिमपातका कारण डोल्पामा ६ जना भारतीय पर्यटक सम्पर्कविहिन भएका छन् ।
डोल्पो बुद्व गाउँपालिकाबाट शे फोक्सुण्डो ताल तर्फ आउँदै गर्दा दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका हुन् ।
शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएका छन । बेपत्ता हुने पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे छन् ।
स्थानियबासीले यात्रा नगर्न सचेत गराउँदा पनि अटेर गरेका कारण पर्यटक अलपत्र बन्न पुगेको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताउनुभयो । पर्यटक बेपत्ता भएका क्षेत्रमा सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकहरूको पछिल्लो अवस्थाबारे जानकारी लिन कठिन भइरहेको छ ।
बेपत्ता पर्यटकको खोजी र उद्दारका का लागि हेलिकप्टर परिचालन गरिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्