Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


वीरगञ्जवासी न्यायको माग गर्दै माईतीघरमा आन्दोलित


182
Shares

काठमाडाैं ।
वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा प्रभावित स्थानीयवासी न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन् ।

आईतवार भएको प्रदर्शनमा उनीहरूले एउटै राजमार्गमा सर्वोच्च अदालतका फरक–फरक फैसला किन भन्दै प्रश्न उठाएका हुन् ।

प्रदर्शनकारीहरूले संविधानको धारा २५ ले सुनिश्चित गरेको सम्पतीको हक संरक्षण गर्न, लालपुर्जाधारी नागरिकलाई उचित क्षतिपूर्ति दिन तथा आवास र सम्पत्तिको अधिकारको ग्यारेन्टी गर्न माग गरेका छन् ।

उनीहरूले वीरगञ्जवासीप्रति विभेदकारी नीति बन्द गर्नसमेत आग्रह गरेका छन् ।

Skip This