Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


ओखलढुंगामा जबरजस्ती करणी आरोपमा पूर्ववडाध्यक्ष पक्राउ


0
Shares

शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–१ का पूर्ववडाध्यक्ष कमल बानियाँ जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट खटिएको प्रहरी टोलीले बानियाँलाई शुक्रबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगा पुर्‍याएको प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयाे।

प्रहरीले उनीविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार आरोपितबाट पीडित भनिएकी नाबालिका हुन्।

Skip This