Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी


0
Shares

काठमाडौं । अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा चार जना सादा पोसाकका प्रहरी पुगेका छन्।

एक पत्रकारका अनुसार प्रहरीले प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुराकानी गर्नुपर्ने भन्दै उनीहरूलाई खोजेका छन्।

यसअघि दियो पोस्टले प्रधानन्यायाधीशसम्बन्धी समाचारका विषयमा धम्की आएको समाचार प्रकाशन गरेको थियो।

यसैबीच प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ भने नयाँ पत्रिकाको कार्यालयमा पुगेर पत्रकार नवराज मैनालीबारे पनि सोधखोज गरेको छ।

Skip This