काठमाडौं ।
मोरङको रतुवामाई नगरपालिका–६ शनिश्चरेमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड गोली चलाउँदा दुई जना भारतीय नागरिक घाइते भएका छन् ।
भारत अररियाका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ । दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
घटनामा मोरङका ३५ वर्षीय प्रमोद ठाकुरसहित तीन जना पक्राउ परेका छन् । उनीहरूलाई रोक्न खोज्दा भागेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम ब्राउन सुगर (खैरो हेरोइन), एक थान घरेलु पेस्तोल, एक राउन्ड गोली र मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीका अनुसार उक्त समूह लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्