Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


सबै जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन पाउने


0
Shares

काठमाडौं । देशका जुनसुकै जिल्लाबाट नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार प्रदेशगत रूपमा सेवा विभाजन गरी काठमाडौं, ललितपुर र भक्तपुरबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरिएको छ।

नयाँ व्यवस्थाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्। त्यसैगरी, ललितपुरबाट कर्णाली र सुदूरपश्चिम तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकलाई सेवा प्रदान गरिनेछ।

नागरिकता हराएको, आगलागी वा पानीका कारण नष्ट भएको अथवा नयाँ ढाँचाको नागरिकता आवश्यक परेको अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रतिलिपिका लागि निवेदन दिन सकिनेछ।

यद्यपि, नागरिकताको अभिलेख फेला नपरेमा, विवरणमा भिन्नता देखिएमा वा नागरिकता शंकास्पद भएमा भने नागरिकता जारी भएको सम्बन्धित जिल्लामै पुगेर प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था रहेको छ।

Skip This