Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


ब्लड बैंकमा रगतको अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह


0
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ब्लड बैंकमा रगतको मौज्दात सकिएको जनाउँदै रक्तदान गर्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ।

बडादसैँको बिदापछि केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम घटेको र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढेको हुँदा मौज्दात सकिएको रेडक्रसले जनाएको छ।

रेडक्रसले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न आह्वान गरेको छ। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा। विशालकुमार भण्डारीले स्वयंसेवी रक्तदाता तथा विभिन्न संघसंस्थालाई रक्तदान अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ।

नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गर्दै आएको छ।

बिरामीका लागि रगत आवश्यक परेमा वा रक्तदान गर्न इच्छुक व्यक्तिले रेडक्रसको निःशुल्क हटलाइन नम्बर ११३० मा सम्पर्क गर्न सक्ने जनाइएको छ।

Skip This