Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


प्रतिकूल मौसमको चेतावनीपछि मुस्ताङको उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह


0
Shares

काठमाडौं । प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेका छन्।

प्रशासनका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई सतर्क रहन आग्रह गरिएको छ।

मौसम प्रतिकूल हुँदा पहिरो जाने, सडक चिप्लो हुने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने चेतावनीसमेत दिइएको छ।

यसैबीच, लोमन्थाङ गाउँपालिकाले कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै यातायात व्यवसायी, चालक, व्यापारी र पर्यटकलाई सवारीसाधन लिएर त्यसतर्फ नजान अनुरोध गरेको छ।

मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फको यात्रा नगर्न र सवारीसाधनको आवागमन स्थगित गर्न गाउँपालिकाले आग्रह गरेको छ।

Skip This